» Useful Links «



Hit Counter
Web Counter

Objectives

मुख्य उद्धेश्य

वन तथा जलाधार क्षेत्रको दिगो विकासका लागि जनसहभागितामूलक पद्धति अपनाई यसको व्यवस्थापन गर्ने र वनस्पति, जडीवुटी, भू तथा जलाधार र जैविक विविधताको संरक्षणका साथै वन उद्यमहरुको विकासद्वारा रोजगारीका अवसरहरुमा बृद्धि गरी गरीवी न्यूनीकरण गर्ने राष्ट्रिय उद्देश्यमा सघाउ पुर्‍याउनु वन क्षेत्रको मुख्य उद्देश्य रहेको छ ।

उद्देश्यहरुः

क) वन सम्पदाको संरक्षण व्यवस्थापन तथा उपयोग गरी र्सवसाधारण जनता र वन पैदावारमा आधारित उद्योग तथा व्यवसायको लागि समेत आवश्यक पर्ने वन पैदावारहरुको नियमित आपूर्तिको व्यवस्था मिलाउने ।

ख) जनसाधारणमा वातावरणीय स्वच्छताको चेतना बर्ढाई भौतिक विकास सम्बन्धी क्रियाकलापहरुद्वारा वातावरणमा पर्न जाने प्रतिकूल असरहरु पर्न नदिन एवं प्रकृति संरक्षण गरी वन्यजन्तु, वन र वनस्पतिको संरक्षण गर्ने ।

ग) जडीवूटी लगायत अन्य वन पैदावारहरुको आधुनिक खेती विकास तथा बिस्तार गरी स्थानीय रोजगारी एवं आय आर्जनका अवसर सृजना गर्ने ।

घ) जलाधार क्षेत्रहरुको व्यवस्थापनबाट भूङ्गऋक्षय नियन्त्रण गरी जमिनको उर्वरा शक्ति कायम राख्ने ।

ङ) राष्ट्रिय जैविक विविधता नीति अनुरुप पर्वतीय क्षेत्र, घाँसे मैदान, वन, सिमसार, राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुको जैविक विविधता एवं वनस्पतिक स्रोतको संरक्षण तथा सर्म्बर्द्धनद्वारा प्राकृतिक पारिस्थितिक सन्तुलन कायम राखी राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउने ।